सक्रिय संक्रमित संख्या १ लाख नाघ्यो, निको हुनेदर ७४‍‍‍‍.९ मा झर्‍यो – Nepal Press

सक्रिय संक्रमित संख्या १ लाख नाघ्यो, निको हुनेदर ७४‍‍‍‍.९ मा झर्‍यो

काठमाडौं । मुलुकमा बुधवारसम्म कोरोनाभाइरसको संक्रमित संक्रमित संख्या १ लाख नाघेको छ । एक्टिभ केस १ लाख १ हजार ६३४ पुगेको छ ।

काठमाडौं जिल्लामा सक्रिय संक्रमित संख्या ३० हजार ५८८ पुगेको छ ।

देशभर बुधवार ९ हजार २३८ जना सङ्क्रमित थपिएका छन् । कूल संक्रमित संख्या ४ लाख २२ हजार ३४९ पुगेको छ । कूल मृतक संख्या ४२५२ पुगेको छ ।

सङ्क्रमितको संख्या दैनिक वृद्धि हुँदै जाँदा र निको हुने सङ्ख्या कम हुँदा निको हुने दर ७४.९ प्रतिशतमा झरेको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हाल एक हजार २४१ सङ्क्रमित हाल सघन उपचार कक्ष (आईसीयू)मा रहेका छन् । जसमध्ये २८५ जनालाई भेन्टिलेटरमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर