विकास संचार अनुसन्धानसम्बन्धी तीन प्रतिवेदन प्रस्तुत – Nepal Press

विकास संचार अनुसन्धानसम्बन्धी तीन प्रतिवेदन प्रस्तुत

काठमाडौं । डुइंग डेभलपमेन्ट डिफ़्रेण्टली -नेपाल (डीथ्रीएन) नेटवर्कले नेपालमा विकास संचार अनुसन्धान सम्बन्धी भर्चुअल गोष्ठी आयोजना गरेको छ ।

भर्चुअल गोष्ठीमा ग्राफिक डिजाइनर सौरभ थापा श्रेष्ठले आफ्नो अध्ययन ‘नेपाल भाषाप्रति युवाको ज्ञान र दृष्टिकोण’ विषयक भक्तपुर नगरपालिकामा गरिएको अध्ययनको निष्कर्ष प्रस्तुत गरे । यसैगरी आईसीटी क्षेत्रमा कार्यरत साक्षी श्रेष्ठले ‘सूचना र सञ्चार टेक्नोलोजी सुविधाहरूमा महिलाको पहुँच र नेपाली पर्यटन व्यवसायमा यसको प्रभाव’ भन्ने बिषयमा मुस्ताङ्ग र नगरकोटको तुलनात्मक अध्ययन’ प्रस्तुत गरिन् । फोटो पत्रकार सौरभ रानाभाटले ‘नेपालमा महिला फोटो पत्रकारहरूको समस्या’ विषय अध्ययनको निचोड प्रस्तुत गरे ।

डीथ्रीएन नेटवर्कका संयोजक राम तिवारी, मोडरेटर सुदीप उप्रेतीले विकास संचारको क्षेत्रमा धेरै अनुसन्धान / प्रमाण निर्माण हुन नसकेकोले अध्ययन कार्यमा सबैको ध्यान लगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरेका विकास संचार र मिडियामा कार्यरत राजेश घिमिरेले संचार अनुसन्धान क्षेत्रको नयाँ खोजीका लागि अनुसन्धानकर्तालाई बधाई दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर