भीआइपीमा संक्रमण फैलिदै : झलनाथ नर्भिकमा, रुक्माङ्गद छाउनीमा भर्ना – Nepal Press

भीआइपीमा संक्रमण फैलिदै : झलनाथ नर्भिकमा, रुक्माङ्गद छाउनीमा भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई कोभिड-१९ संक्रमण भएको छ । पेट दुख्ने समस्या भएपछि परीक्षण गर्दा खनालमा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

शुरुम मनमोहन अस्पताल लगिएका खनाललाई शनिवार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

त्यस्तै पूर्वप्रधानसेनापति रुक्मांगद कट्वाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

उनी दुई सातादेखि अस्पतालमा उपचाररत रहेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । केही समय भेन्टिलेटरमा राखेर उपचार गरिएका कटवाललाई अहिले सामान्य बेडमा सारिएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि कट्वाललाई अक्सिजन दिइएको छ र स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर