उडान घटाउँदै विमान कम्पनी, भाडादर पनि घटाइयो – Nepal Press

उडान घटाउँदै विमान कम्पनी, भाडादर पनि घटाइयो

काठमाडौं । सरकारले काठमाडौंलगायत देशका विभिन्न सहरमा निषेधाज्ञा जारी गरेपछि हवाइमार्गबाट यात्रा गर्नेहरु पनि घटेका छन् । यात्रु कम भएसँगै विमान कम्पनीहरुले उडान पनि घटाउने भएका छन् ।

नेपाल वायु सेवा संचालक संघका प्रवक्ता योगराज कँडेल शर्मामा शुक्रबारसम्मका लागि ‘फुल’ र शनिबारका लागि ४० प्रतिशत मात्रै उडान बुकिङ भएका छन् ।

यहीं अनुपातमा यात्रु कम हुँदै गएपछि आइतबारदेखि उडान कटौती गर्नुको विकल्प नहुने कँडेल बताउँछन् । उनका अनुसार आइतबारदेखि १० प्रतिशत मात्रै उडान हुने सम्भावना छ ।

भाडादर घटाइयो

यात्रु कम भएपछि विमान कम्पनीले भाडादर पनि घटाएको छ । वैशाख १३ गतेदेखि १६ गतेसम्म विमान कम्पनीले मंहगो दरका टिकट बेचेका थिए । अहिले कम्पनीले पुनः सस्तोदरमा टिकट बेच्न थालेका छन् ।

निषेधज्ञा हुने हल्लासँगै उडानमा सस्तादरका टिकट सकिएपछि २१ सय भाडादरमा काठमाडौं-विराटनगर यात्रा गरिरहेका यात्रुले एकैपटक ५ हजारभन्दा माथि भाडा तिर्नु परेको थियो । काठमाडौं-विराटनगरको भाडादर ७ हजार माथिसम्म पुगेको थियो । अहिले सो रुटको भाडा २५ सय कायम गरिएको छ ।

यसैगरी अन्य ठाउँको भाडादर पनि सोही अनुपातमा घटेको छ । आन्तरिक विमान कम्पनीले पछिल्लो दिन दिनमा ५० हजार यात्रु बोकेका थिए । जसबाट कम्पनीले करिब २५ करोड रुपैयाँभन्दा बढी कमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर