सुर्खेतमा भोलिदेखि एकसाता लकडाउन घोषणा – Nepal Press

सुर्खेतमा भोलिदेखि एकसाता लकडाउन घोषणा

सुर्खेत । कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि मंगलबार मध्यरातदेखि सुर्खेतमा एकसाताको लागि लकडाउन घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार मंगलबार मध्यरात १२ बजेदेखि लागू हुने गरी लकडाउन हुनेछ ।

भाइरस नियन्त्रणभन्दा बाहिर जान थालेपछि लकडाउन घोषणा गरिएको जनाइएको छ । लकडाउन अवधीभर दमकल, एम्बुलेन्स, शववहान, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र संचालन हुन पाउने भएका छन् ।

अहिले जिल्लामा ३ सयभन्दा बढी सक्रिय संक्रमित भएको जनाइएको छ ।

प्रशासनका अनुसार सुर्खेतमा हाल ३९९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर