सरकारद्वारा पाँच मुलुकमा एनओसी जारी गर्न रोक – Nepal Press

सरकारद्वारा पाँच मुलुकमा एनओसी जारी गर्न रोक

काठमाडौं । सरकारले मुलुकमा कोभिड-१९ को नयाँ प्रजाति फैलिएको बताउँदै विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ ।

जसमा जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीन छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभएसम्म एनओसी जारी गर्न रोक लगाइएको जनाएको हो ।

ती देशमा अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र (एनओसी) जारी गर्ने कार्य निरन्तर हुने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर