सैनिक मुख्यालयमा लागेको आगाे नियन्त्रणमा – Nepal Press

सैनिक मुख्यालयमा लागेको आगाे नियन्त्रणमा

काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

आर्मी अफिसर क्लब नजिकै अवस्थित प्रधान सेनापतिको पुरानो कार्यालयको दोस्रो तलामा आज दिउँसो भएको आगलागी नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको हो ।

बिद्युत सर्ट भएर लागेको आगलागी नियन्त्रणमा आइसकेको र आगलागीबाट कुनै पनि क्षती नभएको नेपाली सेनाका प्रवक्ता समेत रहेका सहायक रथी सन्तोष बल्लभ पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर