दक्षिण सुडानमा नेपालको सशष्त्र प्रहरी युनिट उत्कृष्ट – Nepal Press

दक्षिण सुडानमा नेपालको सशष्त्र प्रहरी युनिट उत्कृष्ट

काठमाडौं । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपालको सशष्त्र प्रहरी बललाई राष्ट्रसंघले उत्कृष्ट घोषणा गरेको छ ।

सशष्त्र प्रहरी बलको फम्र्ड पुलिस युनिट (एफपीयू-१)ले पूर्णाङ्क प्राप्त गर्दै उत्कृष्ट भएको हो । दक्षिण सुडानमा राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपालसहित विभिन्न ६ मुलुकका प्रहरी छन् ।

युनिटका कमान्डिङ अफिसर प्रहरी बरिष्ठ उपरिक्षक कुमार न्यौपानेका अनुसार नेपाल एफपीयूले कार्यसम्पादन परिक्षण तथा मूल्यांकनमा शतप्रतिशत नतिजा प्राप्त गरेको थियो ।

सन् २०२१ को १८ फेब्रुअरीमा भएको उक्त कार्यसम्पादन परिक्षण तथा मूल्यांकनमा नेपाल एफपीयू–१ ले ३२ अंक नै ल्याउन सफल भएको हो । उक्त एफपीयूमा ३४ जना महिलासहित १८० सशष्त्र प्रहरी अधिकारी तथा जवान कार्यरत छन् ।

अहिले दक्षिण सुडानमा नेपालका दुईसहित रुवान्डाका तीन र घानाका एक गरि जम्मा ६ वटा एफपीयू छन् । दक्षिण सुडानमा सन् २०२३ मा आम निर्वाचन हुन गैरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर