राष्ट्रपति भण्डारीद्वारा उत्तराखण्ड घटनाप्रति दुःख व्यक्त – Nepal Press

राष्ट्रपति भण्डारीद्वारा उत्तराखण्ड घटनाप्रति दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई आएको बाढीका कारण जनधनको क्षति भएको दुःख व्यक्त गरेकी छिन् ।

उनले शोकाकुल परिवारमा गहिरो समवेदना पनि व्यक्त गरेकी छिन् । भण्डारीले ट्वीट गर्दै जलवायु परिवर्तनले ल्याएको चुनौतिको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रबीच बलियो समन्वय जरुरी भएको समेत उल्लेख गरेकी छिन् ।

आइतबार उत्तराखण्डमा भएको दुर्घटनामा २०० भन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । जलवायु परिवर्तन उक्त घटनामा जिम्मेवार भएको निष्कर्ष निकाल्दै अन्तराष्ट्रिय संचारमाध्यमले यसप्रति गम्भिर बन्नुपर्ने धारणा समेत औंल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर