गृह मन्त्रालयको आग्रहः निर्धक्क व्यवसाय चलाउनुस्, सुरक्षा दिन्छौं – Nepal Press

गृह मन्त्रालयको आग्रहः निर्धक्क व्यवसाय चलाउनुस्, सुरक्षा दिन्छौं

काठमाडौं । गृह मन्त्रालयले विभाजित नेपाल कम्युनिष्ट पार्टीद्वारा भोलि (बिहीबार) आयोजित आम हड्तालका क्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । साथै, उद्योगी तथा व्यवसायीलाई निर्धक्क भएर आफ्नो पेशा–व्यवसाय पूर्ववत् सञ्चालन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान तथा प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायतका ध्वंसात्मक एवं अवाञ्छित गतिविधि नगर्न नगराउन तथा संविधान प्रदत्त हकको निर्वाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्वद्ध सबै पक्षसँग मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

विज्ञप्तिमा दैनिक सञ्चालन हुने उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने उल्लेख छ ।

‘यातायात व्यवसायीलगायत सबै उद्याेगी–व्यवसायीलाई निर्धक्क एवं पूर्ववत् रुपमा आ–आफ्नो उद्योगधन्दा, पेशा–व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर