शहीद हेमनारायण यादवको १७ औं स्मृति दिवस हेर्नुस् तस्बिरमा – Nepal Press

शहीद हेमनारायण यादवको १७ औं स्मृति दिवस हेर्नुस् तस्बिरमा

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहा सदरमुकामस्थित शहीद स्वर्गीय हेमनारायण यादवको सालिकमा माल्यार्पण गरेका छन् ।

१७ औं स्मृति दिवसको अवसरमा कडा सुरक्षाबीच उनले सालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण अघि शहीद यादवका छोरा डा नविन यादव, श्रीमती पारोदेवी र नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

माल्यार्पण गर्न पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले नाराबाजी गरेका छन् । नाराबाजी गर्ने आधा दर्जन नेतालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।

सभामा गाउँ गाउँबाट हजारौं कार्यकर्ता आइपुगेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर