प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दा हेर्दैमा, संवैधानिक इजलास शुक्रबार बस्ने – Nepal Press

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दा हेर्दैमा, संवैधानिक इजलास शुक्रबार बस्ने

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्दा हेर्दैमा शुक्रबारसम्मलाई स्थगित भएको छ । संवैधानिक इजलासमै हेर्ने कि बृहत् पूर्ण इजलासमा लैजाने भन्ने बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।

संवैधानिक इजलासबाट बृहत् पूर्ण इजलासमा सुनुवाइ माग गर्दै दर्ता भएका निवेदनहरु बुधवारको इजलासमा पढेर सकिएको थियो । त्यसपछि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, हरि उप्रेती र दिनेश त्रिपाठीले संवैधानिक इजलासमा पठाउने आदेश नै त्रुटि पूर्ण रहेको भन्दै मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा लैजान माग गरेका थिए ।

सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बृहत् पूर्ण इजलास आवश्यक नरहेको र संविधान तथा सर्वोच्च अदालतको नियमावलीअनुसार संवैधानिक इजलासले नै टुंगो लगाउने जिकिर गरेका थिए ।

संवैधानिक इजलासमा हरिकृष्ण कार्कीको ठाउँमा न्यायाधीश सपना प्रधान मल्ल थपिएपछि पहिलो सुनुवाइ भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर