बाैद्धिक शोषण भएको भन्दै आंशिक प्राध्यापक आन्दोलनमा (भिडियो) – Nepal Press

बाैद्धिक शोषण भएको भन्दै आंशिक प्राध्यापक आन्दोलनमा (भिडियो)

काठमाडौं : समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् ।

वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको बाैद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको माग छ ।

आंशिक प्राध्यापक संघका संरक्षक शशिकुमार शर्माले १५ वर्षदेखि आन्दोलन जारी रहेको उल्लेख गर्दै सम्झौताहरु भए पनि कार्यान्वयन नभएको बताए । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर