सुजनले दोस्रो चोटि छेडाए जिब्रो (भिडिओ) – Nepal Press

सुजनले दोस्रो चोटि छेडाए जिब्रो (भिडिओ)

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ८ बोडेमा बिस्का जात्राअन्तर्गत हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि सुजन बाग श्रेष्ठले आफ्नो जिब्रो छेडाएका छन् ।

२८ वर्षीय सुजनले यसअघि पहिलो पटक जिब्रो छेडाएका थिए । सुजनका बुद्धकृष्ण बाग श्रेष्ठले समेत नौ पटक जिब्रो छेडाइसकेका छन् ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र विघ्नबाधा आउने जनविश्वास छ ।

बोडेस्थित गणेश मन्दिर अगाडि रहेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले आइतबार सुजनको जिब्रो छेडेका छन् । जिब्रो छेडिएपछि अर्ध-चन्द्राकारको महादीप बोकेर सुजले बोडे शहर परिक्रमा गरेका थिए । अन्तिममा बोडेकै महालक्ष्मी मन्दिर परिसरमा जिब्रो छेडिएको सुइरो झिकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर