जिततर्फ लम्किँदै सुहाङ, गणनास्थलबाहिर समर्थक र कार्यकर्ताले साट्न थाले खुशी – Nepal Press

जिततर्फ लम्किँदै सुहाङ, गणनास्थलबाहिर समर्थक र कार्यकर्ताले साट्न थाले खुशी

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएको निर्वाचनको अब देउमाई नगरपालिकाको वडा नम्बर ९ इलाम नगरपालिका क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी छ ।

गरपालिकाको १२ वटा वडाको मत गन्न बाँकी रहँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको जित निश्चितजस्तै छ । उनले मतान्तर बढाउँदै लगेका छन् । एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरू गणनास्थल बाहिर भेला भएर नाचगान गर्न थालेका छन् । हिजोको तुलानामा मतगणना स्थलमा एमाले कार्यकर्ताको भिड बढेको हो ।

देउमाई नगरपालिकाको एउटा वडा र इलाम नगरपालिकाको ११ वटाको मत गणना बाँकी छ । मुख्य निर्वाचन कार्यालयका अनुसार २२ हजार ४१८ मत गन्न बाँकी छ । यही गतिमा गणना हुँदा अन्तिम नतिजाका लागि भने भोलि बिहानसम्म कुर्नु पर्नेछ ।  अहिले गणकहरुको ३ वटा टोली बनाएर गणना भइरहेको छ ।

२२ हजार ४१९ मत गन्न बाँकी हुँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ६४३९ मतले अगाडि छन् । उनले १९११४ भोट ल्याउँदा कांग्रेसका डम्बर खड्काको १२६७५ भोट छ ।

तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका डकिन्द्रसिंह थेगिमले ‍९४१० मत ल्याएका छन् । रास्वपाका मिलन लिम्बूको ३२४२ मत छ ।

अहिलेसम्म ४६५७९ भोट गनिसकिएको छ । जसमध्ये ६१६ मत बदर भएको छ ।

इलाम नगरपालिकामा ३२ हजार ४४ मतदाता रहेकोमा २० हजार ६५ मत खसेको छ । अब सुहाङको जित पक्का भएको एमाले जिल्ला नेताहरूले बताउन थालेका छन् ।

स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिकामा मेयर उपमेयर नै नेपाली कांग्रेसले जितेको छ । यहाँका ११ वटा वडामध्ये ३ वडाध्यक्ष एमालेले जितेको छ ।

कांग्रेसले इलाम नगरपालिकाको १,४,५,६,७,८,९,१२ मा वडाध्यक्ष जितेको थियो । स्थानीय तहको निर्वाचनमा यहाँ मेयरको भोट झन्डै ३ हजारको अन्तर थियो ।

एमाले इलामका पूर्वअध्यक्ष तथा एमाले वैकल्पिक केन्द्रीय सदस्य राम राना मगर सुहाङले अझै फराकिलो मतान्तर बनाउँदै जित निकाल्ने जिकिर गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर