गिरीबन्धु टी-स्टेटको जग्गा ओलीले बेचेका हुन्, कांग्रेसलाई भनेछन् : देउवा (भिडिओ) – Nepal Press

गिरीबन्धु टी-स्टेटको जग्गा ओलीले बेचेका हुन्, कांग्रेसलाई भनेछन् : देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको दाबी गरेका छन्।

प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै आफूले आफूले गरेको निर्णय नस्वीकारेकोप्रति असन्तुष्टि जनाए।

उनले भने- नेपालको राजनीतिमा ओलीजीले बोलेको कुरा बाहिर आएको गिरीबन्धु टी स्टेटकोबारेमा, कांग्रेसको पालमा भएको भनेर, आफूले निर्णय गर्नुहुन्छ कांग्रेसलाई भन्नुहुन्छ, कहिले कुन बेलामा भयो भन्दिए भइहाल्यो नि, त्यसैले उहाँजस्तो नेताले यस्तो कुरा गर्न सुहाउँदैन, आफूले गरेको कुरालाई गरेको भन्नलाई के को आपत्ति ? अदालतले उहाँलाई भनेको उहाँले कांग्रेसको पालामा भन्नुहुन्छ। उहाँले यस्तो बोल्न हुँदैनथ्यो।

यो पनि पढ्नुहोस्- गिरीबन्धु टी स्टेटबारे ओली- कांग्रेसले कमिसन खाएर ७० बिघा बेचेको छ, हामीले ऐन बनाएका हौँ (भिडिओ)

ओलीले हिजो संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसले ७० बिघा बेचेको आरोप लगाएका थिए।


प्रतिक्रिया

One thought on “गिरीबन्धु टी-स्टेटको जग्गा ओलीले बेचेका हुन्, कांग्रेसलाई भनेछन् : देउवा (भिडिओ)

  1. तै काले मैपनि काले काले काले मिलेर खाउ भाले भयको हो जस्तो छ।पोल खोलाखोल भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर