एमाले संसदीय दलको बैठकमा महासचिव पोखरेल र पूर्वअर्थमन्त्री खतिवडा पनि सहभागी (तस्बिरहरू) – Nepal Press

एमाले संसदीय दलको बैठकमा महासचिव पोखरेल र पूर्वअर्थमन्त्री खतिवडा पनि सहभागी (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ। संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक चलिरहेको प्रमुख सचेतक महेश बर्तौँलाले बताए।

बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। ओलीको सम्बोधनपछि बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।

सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमलाई अगाडि बढाउने विषयमा बैठकले निर्णय लिनेछ। साथै आगामी बजेटका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

सांसद नभए पनि महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहभागी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर