एमालेको धनगढी नगर अधिवेशन वैशाख २७ र २८ मा हुने – Nepal Press

एमालेको धनगढी नगर अधिवेशन वैशाख २७ र २८ मा हुने

कैलाली । नेकपा एमालेको धनगढी नगर अधिवेशन अगामी वैशाख २७ र २८ गते हुने भएको छ । सोमबार बसेको नगर कमिटीको आठौँ पूर्ण बैठकले दोस्रो नगर अधिवेशन २७ र २८ वैशाखमा गर्ने निर्णय गरेको नगर अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए ।

उनकाअनुसार नगर अधिवेशनका लागि २१ वैशाखमा एकै दिन १९ वडामा अधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय समेत भएको छ ।

अधिवेशनको उद्घाटनका लागि एमालेका केन्द्र अध्यक्ष तथा पदाधिकारीलाई अनुरोध गरिनेछ ।

अधिवेशनका लागि पार्टीकी केन्द्रीय सदस्य सन्तोष शर्मा थापाको संयोजकत्वमा पाँच सदस्यीय अध्यक्ष मण्डल समेत बनाइएको छ ।

अध्यक्ष मण्डलको सदस्यमा नेताहरू नेपालु चौधरी, राजेशकुमार खाती, सत्यराज स्नेही र लोकेन्द्र शाहीलाई राखिएको अध्यक्ष जोशीले बताए ।

यस्तै अधिवक्ता प्रेमबहादुर शाहीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल समेत बनाइएको छ । निर्वाचन मण्डलको सदस्यमा नन्दलाल जोशी र शान्ति पाल रहेका छन् ।

नगर अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य सन्तोष शर्मा थापाको प्रमुख अतिथि थिइन् भने प्रदेश सचिव रणबहादुर चन्द, जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्रबहादुर शाही लगायतका नेताहरू सहभागी थिए ।

नगर अधिवेशनलाई सम्पन्न गर्न दुई समिति र ५ उपसमिति बनाइएको छ । रामचन्द्र जोशीको संयोजकत्वमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन समिति, जगदीश चौधरीको संयोजकत्वमा आर्थिक प्रतिवेदन समिति गठन गरिएको छ ।

यस्तै प्रेमबहादुर महराको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, रेखावती सिवाकोटीको संयोजकत्वमा मञ्च व्यवस्थापन, भीमबहादुर ढाटको संयोजकत्वमा स्वयं सेवक परिचालन, कृष्णप्रसाद जोशीको संयोजकत्वमा आर्थिक परिचालन उपसमिति र बिराज रोस्याराको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको नगर अध्यक्ष जोशीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर