योगेश भट्टराईको आरोप- कांग्रेसले संसदलाई मुठभेडमा लैजान खोज्यो (भिडिओ) – Nepal Press

योगेश भट्टराईको आरोप- कांग्रेसले संसदलाई मुठभेडमा लैजान खोज्यो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदलाई मुठभेडमा लैजान खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदलाई स्वभाविक ढंगबाट अगाडि बढाउनुपर्ने पक्षमा रहेको बताए ।

उनले भने, ‘हामी भिड्न गएका छैनौं । विपक्षका एकजना पदाधिकारी मन्त्री बस्ने बेञ्चमा आउनुभयो । उहाँलाई हामीले उता जानुस् भन्दा यो परिस्थिति बन्यो । निन्दनीय छ । कांग्रेसले बोल्न पाउने अधिकारलाई कुण्ठीत गरेको छ ।’

उनले कुनैपनि सांसद र मन्त्रीले आफूमाथि प्रश्न उठेपछि जवाफ दिन पाउनुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “योगेश भट्टराईको आरोप- कांग्रेसले संसदलाई मुठभेडमा लैजान खोज्यो (भिडिओ)

  1. शाही नेपाली सेना आऊ यी ३४ वर्ष देखि देशलाई कंगाल बनाउने राजनैतीक पार्टीहरूलाई कठ घरमा राख।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर