कांग्रेसका सांसदहरुले ओलीमाथि आक्रमण गर्न खोज्ने अराजनीकि घटना हो : रघुजी पन्त – Nepal Press

कांग्रेसका सांसदहरुले ओलीमाथि आक्रमण गर्न खोज्ने अराजनीकि घटना हो : रघुजी पन्त

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले विपक्षी दल नेपाली कांग्रेसले संंसदमा अराजनीतिक गतिविधि गरेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा एमाले(कांग्रेसका सांसदको धकेलाधकेलपछि पार्टी अध्यक्ष ओलीले गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा आक्रमणको प्रयास भएको बताए ।

उनले भने, ‘मन्त्री भइसकेका प्रतिपक्षका सांसदहरु झम्टिएर जाने हो ? उहाँहरुले नारा लगाइरहेको बेलामा हामीले त आपत्ति जनाएनौं । हामी आफ्नो ठाउँमा छौं । ओलीजीले आफ्नो ठाउँमा उभिएर बोल्न पाउनुपर्छ भन्दा आक्रमण गर्न जाने हो ? हातपात गर्न आएपछि आफ्नो अध्यक्षलाई जोगाउँन गएका हुन् । उहाँहरुले दुर्व्यवहार गर्न खोज्नुभयो । आक्रमण गर्नुभयो त्यो अराजनीकि घटना हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर