गृहमन्त्रीलाई गगन थापाको चुनौती : धमाधम कांग्रेस नेताको फाइल खोल्नुस्, हामी तयार छाैं (भिडिओ) – Nepal Press

गृहमन्त्रीलाई गगन थापाको चुनौती : धमाधम कांग्रेस नेताको फाइल खोल्नुस्, हामी तयार छाैं (भिडिओ)

अब संसदीय समिति नबनेसम्म कसैसँग छलफल गर्दैनौं : गगन थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म अब कसैसँग छलफल नगर्ने घोषणा गरेका छन् । उनले आज बैठकमा उत्पन्न भएको परिस्थितिको जिम्मेवारी एमाले र सभामुखले लिनुपर्ने बताए ।

संसद वैठकपछि आज पत्रकार सम्मेलन गर्दै थापाले सभामुखले एमालेको आज्ञापालकको भूमिका निर्वाह गरेको आरोप लगाए । अब संसदीय समिति गठनको मागका विषयमा छलफलको औचित्यसमेत सकिएको उनको भनाइ छ ।

थापाले भने, ‘अब छलफलमा बस्न हामीलार्ई मन छैन । भोलि ११ बजेसम्म संसदीय छानबिन समिति गठन होस् । हामी अब छलफल गरेर बस्दैनौंं ।’

रास्वपा नेताले कांग्रेसका नेताको पनि फाइल खोल्ने भनेर दिएको चेतावनीबारे प्रश्न गर्दा थापाले यसका लागि तयार रहेको बताए ।

उनले भने, ‘हामी सरकारमा छौं भनेर बिर्सिनुभएको हो कि जस्तो लाग्छ । कुन कुन फाइल खोज्नुपर्ने हो खोल्दा हुन्छ । धमाधम खोले हुन्छ । सबै फाइल खोल्नुस् । यो फाइल खोल्छाैं, त्यो फाइल खोल्छौं भन्ने सुनिरहेका छौं । सरकारमा बस्नेले यो खोल्छौं र त्यो खोल्छौं भन्ने नै होइन । गर्ने हो । हामी तयार छौं ।’

 


प्रतिक्रिया

3 thoughts on “गृहमन्त्रीलाई गगन थापाको चुनौती : धमाधम कांग्रेस नेताको फाइल खोल्नुस्, हामी तयार छाैं (भिडिओ)

  1. नक्कली बाख्रापालन भनेर देश लुटेको फाईल । घैटे नामको गुण्डा संरक्षण गरेर जनता आतंकित पारेकोफाईल । तस्कर, वलत्कारी जेलबाट छुटाए बापत पैसा उठाएको फाईल ….. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर