जनकपुरमा युवा संघले कांग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलायो – Nepal Press

जनकपुरमा युवा संघले कांग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलायो

जनकपुरधाम । राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएको छ ।

संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस उपसभापति गुरुङले औला ठड्याएर दुर्व्यवहार गरेका थिए । सो घटनाको विरोधमा यूवासंघका कार्यकर्ताहरुले जनकपुरमा प्रदर्शन गरेका छन् ।

संघका केन्द्रीय नेता संजिव झा ’सुरज’को नेतृत्वमा प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरुले कांग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलाएका थिए ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका झाले कांग्रेस संसदमा गुरुङले उदण्डता मच्चाएको बताए । उनले सामाजिक संजालमा चेतावनी दिएका छन्– प्रेत आत्माको भोटबाट जितेको धनराज गुरुङ आफ्नो हैसियतमा बसे हुन्छ । सदन होईन्, सडकमै हिसाब किताब हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर