५२ हजार बढी गणनामा कलमलाई ३७१ भोट, अरु कसले कति ल्याए ? – Nepal Press

५२ हजार बढी गणनामा कलमलाई ३७१ भोट, अरु कसले कति ल्याए ?

विराटनगर । इलाम २ मा मतगणना अन्तिमतिर पुग्दै गर्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ६ हजार ६२८ भोटले लिड गरेका छन् ।

सुहाङले २१ हजार ३८० भोट ल्याउँदा नेपाली कांग्रेसका डम्बर खड्काले १४ हजार ७५२ भोट ल्याएका छन् ।

पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिमको ९ हजार ९५५ मत छ । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बूले ३ हजार ६०३ मत ल्याएका छन् ।

नेकपा एसका जीतबहादुर राईले ३७१ भोट ल्याएका छन् । राप्रपाका लक्ष्मी गुरुङको १४९ मत छ ।

अहिले इलाम नगरपालिकाको १, ३ र ४ वडाको गणना जारी छ । अहिलेसम्म ५२ हजार २७३ भोट गनिसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर