मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका अर्चना झा सम्मानित – Nepal Press

मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका अर्चना झा सम्मानित

काठमाडौं । ‘सीता जयन्ती’ मा मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका एवं पत्रकार अर्चना झालाई सम्मानित गरिएको छ ।

बिहीबार मिथिला संस्कृति समाजद्वारा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ मा मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका एवं पत्रकार अर्चना झालाई सम्मानित गरिएको हो ।

अर्चना झा लगायत ‘सीता जयन्ती’को अवसरमा मिथिला संस्कृति समाजले यस वर्ष राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, मिथिला नृत्य कला परिषद्की रिना रिमाल, कलाकार महेश कुमार, समाजसेवी कृष्णकुमारी शाह लगायतलाई सम्मान गरिएको मिथिला सांस्कृतिक समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले बताए ।

कार्यक्रममा माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले नेपालमा खास गरी रात्रिकालीन मनोरञ्जन क्षेत्र, स्पा, होटल आदिमा १२ देखि २० वर्षसम्मका बालिकाको शारीरिक एवं मानसिक बेचबिखन भइरहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *