कसैले वास्ता नगरेपछि डा.गोविन्द केसीको २२ औँ अनसन एकतर्फी भंग, सरकार अनैतिक बनेको आरोप – Nepal Press

कसैले वास्ता नगरेपछि डा.गोविन्द केसीको २२ औँ अनसन एकतर्फी भंग, सरकार अनैतिक बनेको आरोप

काठमाडौं । डा. गोविन्द केसीले अनसन भंग गरेका छन् । विभिन्न माग राखेर अनसन बसेका केसीले कतैबाट पनि वास्ता नभएपछि एकतर्फी रूपमा अनसन भंग गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ ‍औं अनसन तोडेको बताएका हुन् ।

डा. केसीले ४ बुँदे माग राखेर पशुपतिको मृगस्थलीबाट अनसन थालेका थिए । पशुपति मृगस्थलीमा अनसन थालेका केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई युद्ध अपराधी भन्दै पदबाट राजीनामाको मागलाई पहिलो नम्वरमा राखेका थिए ।

तर मान्छेको हत्या गरेर आएकाहरुको सरकार सत्याग्रहीका माग सुन्न तयार नभएको र उसबाट नैतिकताको अपेक्षा गर्नु व्यर्थ रहेको भन्दै केसीले अनसन आफैं तोडेका हुन् । अनसनको छैटौं दिन उनले एकतर्फीरुपमा तोडे ।

उनलाई सशस्त्र द्धन्द्धको बेला माओवादीबाट मारिएका ओखलढुंगाका उज्जन र गणेश श्रेष्ठकी बहिनी साबित्री श्रेष्ठको हातबाट जुस पिएर अनसन तोेडाएका थिए ।

यसअघिका अनसनमा उनको पक्षमा सडकमा प्रदर्शन गर्ने तथा अभियान चलाउने अभियन्ता,राजनीतिक दलका नेता,पत्रकारदेखि उनकै समर्थकहरु समेत यसपटक अनसनको समर्थनमा कतै देखिएका थिएनन् ।


प्रतिक्रिया