पहिलो सपना कोरिया देख्नेका लागि दोस्रो सपना नेपाल बन्नुपर्छ : निर्देशक कँडेल – Nepal Press

पहिलो सपना कोरिया देख्नेका लागि दोस्रो सपना नेपाल बन्नुपर्छ : निर्देशक कँडेल

काठमाडौं । वैदेशिक रोजगार अनुमति प्रणाली‘ईपीएस’ शाखाकी निर्देशक मैयाँ कँडेलले पहिलो सपना कोरिया देखेकाहरूको लागि दोस्रो सपना नेपाल बन्नुपर्ने बताएकी छन् ।

बिहीबार दोस्रो पुनः एकीकरण सम्बन्धी जानकारीमूलक कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक कँडेलले पहिलो सपना कोरिया जानु देखेका नेपालीको दोस्रो सपना नेपाल नै हुनुपर्ने बताएकी हुन् ।

कोरियाबाट नेपाल फर्केकाहरूले नेपालमै रोजगार सृजना गरी आत्मनिर्भर बनुन भन्ने उद्देश्यले ‘पुन एकीकरण सम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम’ परियोजना सुरू गरिएको हो ।

पहिलो पुनः एकीकरण सम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम गत वैशाख १७ गते ललितपुरमा सम्पन्न गरिएको थियो । उक्त परियोजनाकै दोस्रो अभिमुखीकरण तथा तालिम आज काठमाडौंमा गरिएको छ ।

निर्देशक कँडेलले कोरियाबाट फर्केका मात्रै नभएर कोरिया जाने नेपालीहरूले पनि यस परियोजनाबाट नेपाल फर्केर आफै स्वरोजगार बन्ने सक्ने बताइन् ।

कँडेलले भनिन, ‘सन २०२४ मा सुरू गरिएको पुनः एकीकरण सम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम सन् २०२८ सम्म चल्नेछ । यश परियोजनाबाट ८ सयभन्दा बढिलाई तालिम तथा प्रशिक्षण प्रदान गर्ने लक्ष्य राखिएको छ । यसका साथै परियोजनाले कोरिया सरकारको तर्फबाट २५ लाख अमेरिकी डलर र नेपाल सरकारको तर्फबाट कृषि विकास बैंकमार्फत २५ लाख अमेरिकी डलर गरेर ५० लाख अमेरिकी डलरको आर्थिक सहयोगको व्यवस्था मिलाइरहेका छौं । उक्त ५० लाख डलरलाई कोरियाबाट फर्केका नेपालीहरूले नेपालमै स्वरोजगार बन्न चाहनेलाई सहुलियत ऋण प्रदान गरिने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *