आत्मानन्द लिङ्देनको वडाबाट थेगिमलाई ‘एकलौटी’ भोट, कसले कति ल्याए ? – Nepal Press

आत्मानन्द लिङ्देनको वडाबाट थेगिमलाई ‘एकलौटी’ भोट, कसले कति ल्याए ?

लारुम्बामा थेगिम पहिलो हुँदा सुहाङले पनि ल्याए सम्मानजनक भोट

विराटनगर । इलाम २ मा चुनावी नतिजालाई नै प्रभावित पार्न सक्ने भनिएको लारुम्बामा पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई एकलौटी मत गएको छ ।

यो क्षेत्रको निर्वाचनलाई प्रभाव पार्ने माङसेबुङ ३ र ५ लाई ‘लारुम्वा फ्याक्टर’ का रूपमा हेर्ने गरिएको थियो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कुटी माङसेबुङ ५ लारुम्वामा छ । कुटी रहेको वडाबाट भने डकेन्द्रलाई एकलौटी मत गएको छ । माङ्सेवुङ ५ को अन्तिम मत परिणाम आउँदा डकेन्द्रलाई १०३२ मत खसेको छ । सो वडाबाट एमालेलाई ६९ मत आएको छ । कांग्रेसलाई भने ४९ मत खसेको छ ।

किराँत धर्मगुरुको प्रभाव क्षेत्र रहेकाले सो क्षेत्रको मत एकै ठाउँमा खस्ने अनुमान गरिँदै आएको थियो । अनुमानअनुसार नै सो वडामा पहिचान पक्षधरका साझा उम्मेदवार थेगिमलाई एकलौटी मत खसेको छ । कुटी रहेको स्थानसँग जोडिएको लारुम्वा ३ लाई पनि यही फ्याक्टरसँग जोड्न्छ । यो वडामा भने मत बाँडिएको छ । सो वडाको अन्तिम मत परिणाम आउँदा स्वतन्त्र उम्मेदवार थेगिमलाई ६४० मत आएको छ ।

दोस्रोमा एमालेका सुहाङ नेम्वाङको ५१९ मत आएको छ । यो मत थेगिमको भन्दा ११२ ले मात्रै कम हो । कोशी नामकरणलाई लिएर चिढिएका पहिचानवादीले एमाले कार्यकर्ताको मतसमेत थेगिमलाई जाने विश्लेषण गर्दै आएका थिए ।

यसअघिका निर्वाचनमा किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको सन्देश भन्दै सो क्षेत्रका मतदाताले उनले समर्थन गरेकालाई भोट हाल्ने गरेको दाबी गरिन्थ्यो । यो पटक पहिचान पक्षधरका उम्मेदवार थेगिम लामो समय धर्मगुरुको सहयोगीको रूपमा काम गरेकाले अधिकांश मत थेगिमको पक्षमा जाने अनुमान थियो । थेगिम किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष भएर काम गरिरहेका छन् ।

माङसेबुङ ३ बाट नेपाली कांग्रेसलाई ३१३ मत आएको छ । ७९ को निर्वाचनमा माङसेबुङ ३ लारुम्वा क्षेत्रबाट धेरै मत गएको बताइन्छ । माङसेबुङ ३ बाट रास्वपालाई भने ४२ मत खसेको छ । ७९को निर्वाचनमा सो क्षेत्रबाट डम्बरलाई मत गएको बताइँदै आएको छ ।

माङसेबुङको सबै वडाको अन्तिम मत परिणाम आएको छ ।

यस्तो छ वडाअनुसारको मत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर