प्रचण्ड-ओली भेटेपछि रविले भने : मैले पहिला बोल्न पाउनुपर्छ, कांग्रेसलाई चित्त नबुझे छलफल गर्न सकिन्छ – Nepal Press

प्रचण्ड-ओली भेटेपछि रविले भने : मैले पहिला बोल्न पाउनुपर्छ, कांग्रेसलाई चित्त नबुझे छलफल गर्न सकिन्छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध सदनमा कुरा उठेपछि बोल्न पाउनुपर्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भोलि आफूले बोल्न पाउने विश्वास व्यक्त गरे।

उनले भने, ‘पहिला मैले बोल्न पाउनुपर्छ, त्यसपछि जवाफ नै चित्त बुझेन भने उहाँहरूको अधिकारको हामी सम्मान गरिहाल्छौँ नि। त्यसपछि विरोध गर्ने उहाँहरूको अधिकारको पुरै सम्मान गर्छौँ। भोलि बोल्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो। मैले त पहिल्यैदेखि नै त्यो कोसिस गरिरहेको छु।’

उनले लोकतन्त्रको त्यति अभ्यास गर्न कांग्रेसजस्तो त्यति पार्टी चुक्नु नहुने तर्क गरे।

उनले भने, ‘त्यहाँ भनेको कुराले चित्त बुझेन भने त्यसपछि गर्ने निर्णय आफ्नो ठाउँमा छ। आज त्यही सल्लाह भएको छ।
प्रधानमन्त्री र गृहमन्त्री भेट्न सिंहदरबार जानुअघि बसेको संसदीय दलको बैठकमा ओलीले पनि भोलिदेखि आफूहरू सदनका कांग्रेसको बकवास सुन्न तयार नभएको बताएका थिए। पहिले रवि लामिछानेलाई बोल्न नदिए कांग्रेसलाई पनि नदिई आफूहरूले बोल्ने ओलीको भनाइ छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर