घट्याे पेट्राेल र डिजेलकाे भाउ, यस्ताे छ नयाँ मूल्यसूची – Nepal Press

घट्याे पेट्राेल र डिजेलकाे भाउ, यस्ताे छ नयाँ मूल्यसूची

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ ।

यस्ताे छ सूची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर