सफाइ पाएपछि सन्दीपलाई जनार्दनको बधाइ, अदालतलाई दिए धन्यवाद – Nepal Press

सफाइ पाएपछि सन्दीपलाई जनार्दनको बधाइ, अदालतलाई दिए धन्यवाद

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले क्रिकेटर सन्दीप लामिछानेलाई न्याय दिएको भन्दै उच्च अदालत पाटनलाई धन्यवाद दिएका छन् ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले न्याय पाएकोमा बधाइ दिँदै अदालतलाई धन्यवाद दिएका हुन् ।

यो आदेशले नेपाली क्रिकेटले नयाँ उचाई हासिल गर्ने विश्वास शर्माले लिएको बताएका छन् ।

‘क्रिकेटर सन्दीप लामिछानेले न्याय पाएकोमा बधाई, न्यायालयलाई धन्यवाद। नेपाली क्रिकेटले नयाँ उचाई हासिल गर्नेछ’, उनले लेखेका छन् । सन्दीपले सफाइ पाएपछि जनस्तर र विभिन्न कलाकारिता क्षेत्रकाले खुलेर प्रतिक्रिया आएका छन् । राजनीतिक नेतृत्वबाट प्रतिक्रिया दिने सम्भवत शर्मा पहिलो नेता हुन् ।

सन्दीपले बुधबार बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका हुन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर