सिंहदरबारमा छलफलमा जुटे प्रचण्ड-ओली र रवि – Nepal Press

सिंहदरबारमा छलफलमा जुटे प्रचण्ड-ओली र रवि

काठमाडौं । संसदमा कांग्रेसको जारी अवरोधको निकास खोज्न सत्तारुढ प्रमुख घटकका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापतिबीच अहिले छलफल भइरहेको हो । उक्त छलफलमा जसपाका नेता पनि सहभागी छन् ।

सिंहदरबारमा जारी छलफलमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल भएको बताइएको छ । त्यस्तै सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलको बाटो खुलाउने र आगामी बजेटबारे पनि कुराकानी हुने बताइएको छ ।

कांग्रेसले हिजो राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि सदनको कार्यसूची अघि बढाउन दिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर