कांग्रेसद्वारा अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा भएको प्रहरी दमनको भर्त्सना – Nepal Press

कांग्रेसद्वारा अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा भएको प्रहरी दमनको भर्त्सना

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा भएको प्रहरी दमनको भर्त्सना गर्दै न्यायोचित माग पूरा गर्न माग गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै अपाङ्गता भएका व्यक्तिहरुको संवेदनशीलतामाथि ख्यालै नगरी भएको प्रकारको दमन र धरपकडको कांग्रेसले निन्दा गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ सँग सम्बन्धित सामुदायिक सहायता सेवामा उल्लेख भएको व्यक्तिगत सहयोगीको माग गर्दै विगत दुई हप्तादेखि निरन्तर काठमाडौको रत्नपार्कमा अपाङ्गता भएका व्यक्तिहरुको धर्ना, अनसन तथा सडक आन्दोलन भइरहेकोमा आजको शान्तिपूर्ण सडक आन्दोलनमा प्रहरी दमन र धरपकड भएको छ । धरपकडमा अपाङ्गता भएका केही व्यक्तिहरु घाइते भएका छन् । आन्दोलन संयोजक विकास थापा लगायत करिब दुई दर्जन अपाङ्गता भएका व्यक्तिहरु पक्राउ परेका छन् ।’

विगत केही महिना अघि दीपक भण्डारी सहित अपाङ्गता भएका व्यक्तिहरूको धर्ना र आन्दोलन पश्चात नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सहमति गरिसकेको सहयोगी तथा सामुदायिक सेवा सम्बन्धी व्यवस्था कार्यान्वयनको माग गर्दै विगत २ हप्तादेखि पुन अनसनमा रहेका कारण स्वास्थ्य अवस्थामा समेत जोखिम बढिरहेको तर्फ नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

सरकार आफैंले सहमति गरेको तर कार्यान्वयन नगरेको सन्दर्भमा कार्यान्वयनको माग गर्दै अनिश्चितकालीन अनसनमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको न्यायोचित माग तत्काल सम्बोधन गर्न माग गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर