इलाम २ : सुहाङ डम्बरभन्दा ६६२८ मतले अगाडि – Nepal Press

इलाम २ : सुहाङ डम्बरभन्दा ६६२८ मतले अगाडि

विराटनगर । इलाम २ मा अहिलेसम्म ५२ हजार २७३ मत गणना सकिएको छ । पछिल्लो अपडेटअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङ ६ हजार ६२८ भोटले अगाडि छन् ।

सुहाङले २१ हजार ३८० भोट ल्याउँदा नेपाली कांग्रेसका डम्बर खड्का १४ हजार ७५२ भोट ल्याएर भेट्न लम्किरहेका छन् ।

पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिमको ९ हजार ९५५ मत छ । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बूले ३ हजार ६०३ मत ल्याएका छन् ।

अहिले इलाम नगरपालिकाको १, ३ र ४ वडाको गणना जारी छ । अब १० वटा वडाको मात्रै भोट गन्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर