मेरो जब बगभीसँग जोडियो, ह्याकरले ३०० अमेरिकी डलरसम्म कमाउन सक्ने – Nepal Press

मेरो जब बगभीसँग जोडियो, ह्याकरले ३०० अमेरिकी डलरसम्म कमाउन सक्ने

काठमाडौं । लोकप्रिय अनलाइन जब सर्च पोर्टल- मेरो जब डटकम पनि साइबर सेक्युरिटी टेस्टिङ प्लेटफर्म ‘बगभी’मा जोडिएको छ । मंगलबारदेखि बगभीमा आवद्ध भएको मेरो जब डटकमको वेबसाइटमा अब इथिकल ह्याकरहरूले समस्या पत्ता लगाएर पैसा कमाउन सक्नेछन् ।

मेरो जब डटकमको साइटमा भएका प्रत्येक समस्या पत्ता लगाएबापत अब ह्याकरले १० अमेरिकी डलरदेखि ३०० अमेरिकी डलरसम्म कमाउन सक्नेछन् ।

गत वर्षको नेपालमा स्थापना भएको बगभीमा १०-१५ वटा ठूला कम्पनी जोडिइसकेको र बाँकी पनि प्रक्रियामा रहेको कम्पनीका व्यबस्थापक नरेश लामगादेले जानकारी दिए । ‘मेरो जब डटकम जस्तो चर्चित वेबसाइट पनि हामीसँग जोडिएकाले यसले बजारमा सकारात्मक म्यासेज जानेमा हामी विश्वस्त छौं’ लामगादेले भने, ‘यसले अन्य कम्पनीलाई पनि बगभीमा जोडिन प्रेरित गर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर