मध्यपश्चिम विश्वविद्यालयको उपकूलपतिमा गौतम नियुक्त – Nepal Press

मध्यपश्चिम विश्वविद्यालयको उपकूलपतिमा गौतम नियुक्त

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कूलपति पुष्पकमल दाहालले प्रा.डा. गौतमलाई उपकूलपतिमा नियुक्त गरेका हुन् ।

गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको उपकूलपतिमा सिफारिस समितिले प्रा. डा. नन्दबहादुर सिंह, देवबहादुर खड्का र प्रा. डा. धुव्रकुमार गौतमलाई सिफारिस गरेको थियो ।

उपकूलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर