रविको नाम उल्लेख नगरी सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकिन्छ : पाण्डे (भिडि‍ओ) – Nepal Press

रविको नाम उल्लेख नगरी सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकिन्छ : पाण्डे (भिडि‍ओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले गृहमन्त्रीको नाम उल्लेख नगरी सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सकिने बताएका छन् ।

शुक्रवार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले गृहमन्त्रीको नाम नभई संलग्न भएको सहकारीको नाम उल्लेख गरी समिति बनाउन सकिने बताए ।

अहिलेको अवस्थामा संसदीय समिति गठन गर्नै पर्ने उल्लेख गर्दै उनले सबैको छानबिन गर्दा गृहमन्त्री संलग्न रहेको पुष्टि भए पनि नभए पनि निकास निस्कने जिकिर गरे ।

त्यस्तै उनले प्रधानमन्त्रीको विश्वासको मतको विषयमा पार्टीले छलफल गरेर आवश्यक निर्णय गर्ने जानकारी दिए ।


प्रतिक्रिया

One thought on “रविको नाम उल्लेख नगरी सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकिन्छ : पाण्डे (भिडि‍ओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर