प्रधानमन्त्री अस्पताल गएपछि कांग्रेससँग हुने भनिएको छलफल स्थगित – Nepal Press

प्रधानमन्त्री अस्पताल गएपछि कांग्रेससँग हुने भनिएको छलफल स्थगित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुबीच हुने भनेको छलफल स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डको दाँतको समस्या चेकजाँचका लागि वीर अस्पताल जानु परेकाले निर्धारित छलफल स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । अब छलफल कहिले हुने भन्ने जानकारी नभएकाे उनले बताए ।

यसअघि पनि प्रधानमन्त्री प्रचण्ड दाँतको उपचारका लागि वीर अस्पताल गएका थिए । त्यसैको फलो भएको आचार्यले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर