सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान हुँदैन : मुख्यमन्त्री अधिकारी – Nepal Press

सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान हुँदैन : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने दाबी गरेका छन् ।

पोखरा आयोजिक एक कार्यक्रममा मुख्यमन्त्री अधिकारीले सहकारीका सञ्चालकले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको उल्लेख गरे ।

नियामक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने उनको भनाइ थियो । ‘कहिले व्यवस्थापकले सञ्चालकको काम गरिदिएको हुन्छ, कहिले सञ्चालकले व्यवस्थापकको काम गरिदिएको हुन्छ, कहिलेकाहीँ लेखा सुपरिवेक्षण नै नाम मात्रको हुन्छ’ उनले भने ।

आर्थिक नियमको उल्लघन गर्ने सञ्चालकले नै सहकारी क्षेत्रमा समस्या ल्याइदिएको मुख्यमन्त्री अधिकारीको दाबी छ । सहकारी अभियान समाप्त भयो भने संविधान नै अपूरो हुने अधिकारीले बताए । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै ठीक अवस्थामा राख्नको लागि सबैले ध्यान पुर्याउनुपर्ने उनको भनाइ छ ।

सञ्चालकहरूको लापरवाहीको शिकार पोखराको सहकारी अभियान भइरहेको भन्दै सहकारीबाट अर्बौँको रकम अपचलन भएको कारण राजनीतिक वृत्तमा पनि ठुलो चुनौती खडा गरेको मुख्यमन्त्री अधिकारीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर