पार्टीको मूलधारमा फर्किन नेता कार्यकर्तालाई उपेन्द्र यादवको आह्वान – Nepal Press

पार्टीको मूलधारमा फर्किन नेता कार्यकर्तालाई उपेन्द्र यादवको आह्वान

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेका नेता कार्यकर्तालाई मूलधारमा फर्किन आह्वान गरेका छन् ‌।

अध्यक्ष यादवले आज विज्ञप्ती जारी गर्दै पार्टी विभाजनपछि जसपा नेपाल छाडेकालाई फर्किन आह्वान गरेका हुन् । उनले जसपा नेपालबाट अलग भएका नेताहरुमाथि ’जनताको एजेण्डा बोक्न नसको’ आरोप लगाएका छन् ‌।

जसपा नेपाल एक विशिष्ट सोच, सिद्धान्त र एजेण्डा बोकेको पार्टी रहेको दावी गर्दै उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराई÷मधेशबीचको पारस्परिक सम्मान र एकता निर्माण गर्ने सङ्गठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहेको अध्यक्ष यादवले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ’समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमबस फरक पार्टीमा जानु भएका साथीहरुलाई गलत बाटो छोडेर आफ्नो मूलधारको जसपा नेपालमा फर्किन हुन हार्दिक आह्वान गर्दछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर