दलको भागवण्डा मिलाउन बागमती प्रदेशमा थपियो समिति – Nepal Press

दलको भागवण्डा मिलाउन बागमती प्रदेशमा थपियो समिति

हेटौंडा । सत्तारुढ दललाई मन्त्रालयको भागवण्डा मिलाउनको लागि मन्त्रालय थपिएको ४८ घण्टाको समयमा बागमती प्रदेशमा संसदीय समिति समेत थप गरिएको छ । बागमतीमा रहेको पाँच समितिले मात्र दलहरुको भागवण्डा नमिलेपछि थप एक समिति थप गरिएको हो ।

शुक्रबार बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकको संयोजकत्वमा भएको पाँच दलीय बैठकले प्रदेशसभा नियमावली, २०७४ अनुसार विशेषाधिकार समिति थप गर्ने निर्णय गरेको हो । थप गरिएको समितीमा १७ जना सदस्य रहने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए ।

समिती थप गर्ने निर्णय भएपछि अब बागमतीमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले दुइवटा समिति पाउने भएको छ । उसले प्रदेश मामिला र सार्वजनिक लेखा समितिको नेतृत्व पाउनेछ । सत्तारुढ एमालेले उद्योग वन तथा वातावरण समिति, एकीकृत समाजवादीले प्रदेश विशेषाधिकार समिति र माओवादी केन्द्रले शिक्षा, स्वास्थ्य तथा कृषि समिति समितिको नेतृत्व पाउने भएको छ ।

समितिको सभापतिको नेतृत्वको विषय शनिबारसम्म टुङ्गो लगाइने जनाइएको छ । यसअघि बागमतीमा पाँच समितिमा कांग्रेसले दुईवटामा दाबी गरेपछि एक समिती थप गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर