कांग्रेस इगो राखेर प्रस्तुत भयो : सरकार (भिडि‍ओ) – Nepal Press

कांग्रेस इगो राखेर प्रस्तुत भयो : सरकार (भिडि‍ओ)

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्ष दल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनेबारे भएको छलफलमा एउटै कुरामा अडिन नसक्दा सहमतिको वातावरण बिथोलिएको जनाएको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारकी प्रवक्ता रेखा शर्माले सहकारीको समस्या समाधान गर्न सरकार तयार रहेको बताइन्।

उनले भनिन्, ‘सबै विषयमाथि छानबिन गर्ने हो वा व्यक्तिमाथि भन्ने कुरा आएको छ, उहाँहरूले व्यक्तिमाथि छानबिन गर्नुपर्छ भनेर केन्द्रित हुनुहुन्छ हिजोको दिनसम्म आइपुग्दा समग्र सहकारीको विषयमा छानबिन पनि गर्ने र दोषी प्रमाणित हुनेहरूलाई कारबाहीको सिफारिस पनि गर्ने समिति बनाउने भन्नेमा छलफल भएको थियो त्यो छलफलमा अहिले प्रमुख प्रतिपक्ष अडिन सकेन, सहमति बन्छ भन्ने नै थियो तर संसदमा गतिरोध राख्न ढङ्गले नै प्रस्तुत भयो। त्यस कारणले सहमति हुन सकेन।’

सदन सुचारु गर्न प्रधानमन्त्रीले निरन्तर छलफल गरिराखेको जनाइन्।

उनले थपिन्, ‘विपक्षी दलसँग गठबन्धन दलका शीर्ष नेताहरूसहितको छलफल गरेर निकास निकाल्ने प्रयास जारी छ। हामी निकास निकाल्यो भएन भने राम्रो म्यासेज पनि जाँदैन। जेठ १५ भित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, समय घर्किसकेको त्यसले गर्दा पनि, प्रमुख प्रतिपक्ष देशकै पुरानो पार्टी, संसदीय व्यवस्था बुझेको पार्टी भएकाले मर्यादालाई कायम गर्नुहुन्छ भन्ने विश्वास राखेका छौँ।’

उनले कांग्रेसले इगो राखेर सरकारसँग टसल गर्न खोजिराखेको आरोप लगाइन्।

उनले थपिन्, ‘यो गलत बाटो हो, समस्या समाधान गरेर अगाडि बढ्न विभिन्न विकल्पमा छलफल भइरहेको छ। हामी आज पनि सभामुखले पनि छलफलको समय दिनुभएको छ।’


प्रतिक्रिया

One thought on “कांग्रेस इगो राखेर प्रस्तुत भयो : सरकार (भिडि‍ओ)

  1. सहज निकास ।रविलाई आरोपको सम्बन्धमा बोल्न दिने । त्यसपछि समस्याग्रस्त समग्र सहकारीको छानबिन गर्न, पिडितलाई न्यायको लागि र दोषीलाई कारवाहीको लागि सिफारिश गर्ने भनेर संसदीय समिति गठन गर्न अघि बढ त को नमान्दो रहेछ ? रविको बारेमा छानबिन गर्न समिति बनाउने भए त गगनले बाख्रा पालन भनेर लगेको राष्यको पैसा हिनामिना गरेको विषयमा, काँग्रेसकै एउटा साँसदले रोलेक्स घडी चोरेको सम्बन्धमा, चुनावताका आरजूले भोट देउ विदेश लाने जिम्मा लिन्छु भनेको सम्बन्धमा , विना ढेवाके भनेको सम्बन्धमा, पैसा खाएर धनराजले कानून मन्त्री हुँदा हत्यारा, बलत्कारी, चोरलाई माफि दिन गरेको सिफारिशको सम्बन्धमा अलग अलग छानबिन समसति बनाउन काँग्रेस तयार हो ? होईन भने किन भुकेको ? सबै भन्दा त ४७ सालदेखि काँग्रसले देश लुटेको छानबिन गर्न समिति बनाओै । सिआईए र मोदीका दलालहरूले अरूमाथि ओैला ठड्याउने ? देश बेचुवा भ्रष्टाचारीहरूका ठूला कुरा हामी जनताले सुनिदिनुपर्ने ? हामी जनताले को सही र को गलत भनेर छुट्याएर सोही अनुसार धारणा बनाउनुपर्छ । पार्टीको पछि लागेर मात्र अहिलेसम्म देश बिग्रएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर