इलाममा २४ वडाको गणना हिसाब : कुन वडामा कसले पाए पहिलो मत ? – Nepal Press

इलाममा २४ वडाको गणना हिसाब : कुन वडामा कसले पाए पहिलो मत ?

विराटनगर । प्रतिनिधिसभाको उपचुनावअन्तर्गत इलाम २ मा मतगणना जारी छ । गणना सकिएको २४ वटा वडामध्ये १७ वटामा नेकपा एमालेले पहिलो मत पाएको छ । पहिचान पक्षधरका उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ वटा वडामा पहिलो मत पाए भने । नेपाली कांग्रेसका डम्बर खड्काले २ वटा वडामा मात्रै पहिलो मत पाए ।

इलाम-२ मा ६ वटा स्थानीय तहका ४२ वडा पर्दछन् । फाकफोकथुम गाउँपालिकाका ७ वटा वडामध्ये एमाले उम्मेदवार सुहाङ नेम्वाङले ६ वटा वडाबाट सबैभन्दा बढी मत पाएका छन् । उनले वडा नम्बर २ मा ५३८, ३ मा ५५८, ४ मा ९१२, ५ मा ७०७, ६ मा ५३४ र ७ मा ६३० भोट ल्याए ।

त्यसैगरी चुलाचुली गाउँपालिकाका ६ वटामध्ये चारवटामा सुहाङलाई नै बढी मत आएको छ । उनले चुलाचुली २ मा ७४५, ४ मा ६४४, ५ मा ६३० र ६ मा ८१० मत प्राप्त गरे । माङ्सेबुङमा एमालेले तीनवटा वडामा मात्रै पहिलो मत पायो ।

६ वटा वडाहरू मध्ये वडा नम्बर २ मा ५८६, ४ मा ४१६, वडा नम्बर ६ मा ५९० एमालेले पहिलो मत प्राप्त गरेको हो । माई नगरपालिकाको ६, ७ र ८ मध्ये सुहाङले दुईवटा वडामा पहिलो मत पाएका छन् । उनले वडा नम्बर ७ मा ७८६ र ८ मा ६६४ मत प्राप्त गरेका छन् ।

अहिले मतगणना सकिएको देउमाई नगरपालिकाको वडा नम्बर १ र २ मा पनि सुहाङले नै पहिलो मत ल्याए । उनले १ मा ८३१ र २ मा ७१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेपछि पहिचान पक्षधरको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका डकिन्द्रसिंह थेगिमले ५ वटा वडामा पहिलो मत पाए । उनले चुलाचुली १ मा १०३१ र ३ मा ८९३ भोट ल्याए । थेगिमले माई नगरपालिका ६ मा पनि पहिलो मत ल्याउँदै ५५१ भोट थपे ।

यसैगरी माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर ३ र ५ मा पनि उनले अरू उम्मेदवारभन्दा बढी मत पाएका छन् । थेगिमको ३ मा ६५०, ५ मा १०३२ भोट आएको छ ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले जम्मा २ वटा वडामा मात्रै पहिलो मत प्राप्त गरेका छन् । डम्बरले फाकफोकथुमको १ मा ६५७ मत र माङ्सेबुङ १ मा ५३६ मत प्राप्त गरेका हुन् ।

सार्वजनिक भएको मत परिणाम एमालेले १४ हजार ६१३ मत पाएको छ । काँग्रेसले ९ हजार ३११, स्वतन्त्र उम्मेदवार डकेन्द्रले ८ हजार ५७० र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले २०५७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।अहिले देउमाई नगरपालिकाको मतगणना जारी छ ।

६९ हजार २८७ खसेको मतमध्ये अहिलेसम्म ३६ हजार ५३ मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतान्तर फराकिलो पारेका सुहाङको १४ हजार ६१३ भोट छ । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काको खड्का ९ हजार ३११ भोट छ । दुईजनाबीच ५ हजार ३०२ मतको अन्तर छ ।

तेस्रो स्थानमा रहेका डकिन्द्र थेगिमले ८ हजार ५७० र चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन् ।

नेकपा एसका उम्मेदवार जीतबहादुर राईको २९९ भोट छ ।


प्रतिक्रिया

One thought on “इलाममा २४ वडाको गणना हिसाब : कुन वडामा कसले पाए पहिलो मत ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर