पुनः एकीकरण तालिम : कोरियाबाट फर्केर नेपालमै व्यवसाय गरिरहेकाले सुनाए अनुभव – Nepal Press

पुनः एकीकरण तालिम : कोरियाबाट फर्केर नेपालमै व्यवसाय गरिरहेकाले सुनाए अनुभव

काठमाडौं । कोरियाबाट फर्किएका तथा फर्कन चाहने नेपालिहरुका लागि पहिलो ‘पुनः एकीकरण सम्बन्धी जानकारी तथा अभिमुखिकरण तालिम’ गरिएको छ ।

मंगलबार ललिपुरमा नेपाल सरकार, इन्टरनेशनल कोअपरेसन एजेन्सी(कोइका) र कोरियाको मानव संशाधन विकाससँगको सहकार्ययमा पहिलो ‘पुनः एकीकरण सम्बन्धि जानकारी तथा अभिमुखिकरण तालिम’ गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय र ईपीएस कोरिया साखाकि निर्देशक मैया कँडेल तथा कोइका कन्ट्रि डाइरेक्टर मुहिओन कङ, एचआरडी कोरियाका प्रतिनिधि किसु किमसहित ९५ जना कोरियाबाट फर्किएका कामदारहरुको उपस्थितीमा पहिलो पुनः एकीकरण तालिम गरिएको हो ।

कोइका परियोजनाको ‘के–हामी’ र नेपाल सरकारबीचको दुइपक्षीय पहलमा भएको पहिलो पुनः एकिकरण तालीमले नेपाल फर्किएका र फर्कन चाहानेहरका लागि मार्गदर्श बन्ने जनाइएको छ ।

कोरियाबाट नेपाल फर्किएका र फर्कन चाहनेहरूका लागि यो पुनः एकीकरण सम्बन्धि तालिम सुरू गरेको छ । यस परियोजनाले कोरियाबाट नेपाल फर्किएकालाई के गर्ने ? कसरी गर्ने ? के कस्ता सुविधा छन ? तथा कोरियाको सिपलाई नेपालमा आएर सदुपयोग गर्न सम्बन्धी प्रशिक्षण दिइएको छ भने, सन् २०२८ सम्मेलन यो परियोजना सञ्चालन हुने जनाइएको छ ।

आज भएको पहिलो कार्यक्रममा प्रस्तोतताका रुपमा रहेका दीपक न्यौपानेले कोरियाबाट फर्किएर नेपालमै आफ्नो व्यवसाय चलाइरहे व्यक्तिहरुको उदाहरणहरू देखाउँदै नेपालमा सिपको सदुपयोग गर्न सकिने कुरालाई प्रकाश पारे ।

पहिलो पुनः एकीकरण सम्बन्धी जानकारी तथा अभिमुखिकरण तालिमले कोरियाको सिपलाई नेपालमा सदुपयोग गर्न सकिने ईपीएस कोरिया साखाकि निर्देशक मैयाँ कँडेलको भनाइ छ ।

रेष्टुरेन्ट व्यवसायीका रूपमा स्थापित भइसकेकी बिमला लामाले आफ्नो अनुभव कार्यक्रममा सुनाइन् । नुवाकोट जिल्ला घर भएकी बिमला लामा अहिले काठमाडौंको धुमबाराहीमा बस्छिन् । कोरियाबाट नेपाल फर्केकी उनी बर्गर हाउसको व्यवसाय गरिरहेकी छन् ।

सन् २००८ मा ईपिएसमा नाम निकालेर कोरिया जाँदा फर्केर नेपालमै केही गर्छु भन्ने मनसाय रहेको उनले सुनाइन् ।

बिमलाले भनिन, ‘अहिलेको पुस्ताका लागि सपनाको शहर बनेको कोरिया मेरा लागि पनि सपनाको संसार जस्तै थियो । अलिक समय लाग्यो त्यहाँको माहोलमा घुलमिल हुन । कोरियाबाट आएपछि पर्यटन व्यवसाय गर्छु जस्तो लाग्यो । तर, कोरोनाले दिएन । पछि वर्गर हाउसबाट व्यवसाय सुरू गरियो । अहिले केही नभएपनि २०–२५ जानालाई रोजगार दिन सफल भएकी छु ।’

सन् २०१३ मा ईपीएसबाट कोरिया गएका नारायण अधिकारी नेपाल फर्केर खाद्यान्न उत्पादनमा लागेका छन् । आफ्नो अनुभव सुनाउँदै अधिकारीले भने, ‘नेपाली बजारमा के छ कोरियामा सिकेको सिपलाई कसरी यहाँ सदुपयोग गर्न सकिन्छ भनेर अनुसंधान गरेँ । त्यसपछि आफ्नै खाद्यान्न व्यवसाय सुरु गरे ।’

कोरियाबाट नेपाल फर्केर नेपाली उत्पादनलाई प्रवर्द्धन गर्दै रसिलो एग्रिकल्चर नेपाल सञ्चलन गरिरहेका जितेन्द्र बानियाँले पनि आफ्नो अनुभव सुनाए । २००९ मा कोरिया गएका बानियाँले अहिले २ ठाउँमा रसिलो एग्रिकल्चर नेपालका उत्पादन केन्द्र खोलिसकेका छन् ।

जितेन्द्रले भन्छन, ‘ओखलढुंगामा जन्मेको म । सन् २००९ मा कोरिया गएको थिए । नेपाल फर्किएर २०१५ मा पुन कोरिया गए । पछि साथिहरूको सल्लाहमा नेपाल फर्किए । कृषि पेसा भनेको व्यवसाय र काम मात्रै नभएर ठुलो व्यवसाय हो भन्नेकुरा थाहा पाए । अहिले ओखलढुंगामा एक उत्पादन केन्द्र रहेको छ भने अर्को केन्द्र बारा जिल्लाको निजगढमा रहेको छ । एक विगाबाट सुरू गरेको निजगढमा अहिले ३ बिगा पुगेको छ । यसलाई अब १० विगाहमा फैलाउने छौ । नेपालका २० क्षेत्रमा आफ्ना संकलन कन्द्र राखेका छौ भने ४५० भन्दा बढी मार्ट तथा पसलहरूमा नेपाली उत्पादनका प्रोडक्टहरू ब्राण्डिङ गरिरहेका छौ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *