पशुपतिनाथको भेटी चोरी गर्ने कोषको कर्मचारीसहित ८ जना पक्राउ – Nepal Press

पशुपतिनाथको भेटी चोरी गर्ने कोषको कर्मचारीसहित ८ जना पक्राउ

काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारीसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।”

पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनीहरूले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *