काठमाडौंको थलीमा पुरुषको शव फेला – Nepal Press

काठमाडौंको थलीमा पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित थलीमा एक पुरुषको शव भेटिएको छ ।

आज बिहान साढे ५ बजे थली उकालोमा कपडाले मुख छोपेको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

शवबाट रगत आइरहेकाले घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए ।

घटनास्थलबाट २ वटा ब्लेड पनि फेला परेकाले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अघि बढाइएको उनले बताए । उनका अनुसार मृतकका पहिचान खुल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *