भंगहा-जनकपुर-जयनगर रेलसेवा आजदेखि सुरु – Nepal Press

भंगहा-जनकपुर-जयनगर रेलसेवा आजदेखि सुरु

जनकपुरधाम । आजदेखि भंगहा-जनकपुर-जयनगर रेलसेवा  पुनः सुरु भएको छ ।

भारतमा लोकसभा चुनाव हुने भएका कारण तीन दिनदेखि बन्द भंगहा-जनकपुर-जयनगर रेलसेवा आजबाट पुनः सुरु भएको हाे ।

भारतको विहारमा पर्ने मधुवनी जिल्लाको मधुवनी संसदीय क्षेत्रमा २० मे २०२४ सोमबार लोकसभाको चुनाव सम्पन्न भएपछि आजबाट रेलसेवा सञ्चालनमा आएको हो ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन कुमार झाले आजदेखि रेलसेवा नियमित संचालनमा आएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *