अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने अनुमान – Nepal Press

अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने अनुमान

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष देशको अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । यो प्रचलित मूल्यको आकार हो । गत वर्ष ५३ खर्ब ८१ अर्ब अर्थतन्त्रको आकार पुगेको अनुमान गरिएको थियो ।

नेपालको आर्थिक वृद्धिदर यो वर्ष ३.८७ प्रतिशत (उपभोक्ता मूल्यको आधारमा) हुने प्रक्षेपण तथ्यांक कार्यालयको छ । चालू आर्थिक वर्षको छदेखि नौ महिनाको वास्तविक आर्थिक क्रियाकलापको आकडा र आगामी तीन महिनामा हुने क्रियाकलापको प्रक्षेपणको आधारमा यो वृद्धिदर हासिल हुने अनुमान गरिएको हो ।

एशियाली विकास बैंकले (एडिबी) यो वर्ष ३.६ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले ३.१ प्रतिशत र विश्व बैंकले ३.३ प्रतिशत वृद्धिदर हुने अनुमान गरेका थिए । तथ्यांक कार्यालयले आर्थिक क्रियाकलापलाई १८ भागमा विभाजन गरेर अर्थतन्त्रको मापन गर्ने गरेको छ ।

यस्तै, नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुगेको अनुमान गरिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर