घरजग्गा कर्जाको सीमा बढ्यो, आम्दानीको ७० प्रतिशतसम्म पाइने – Nepal Press

घरजग्गा कर्जाको सीमा बढ्यो, आम्दानीको ७० प्रतिशतसम्म पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा केही राहत दिएको छ । पछिल्लो समय सुस्त बनेको घरजग्गा कारोबारलाई गति दिन केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षमार्फत कर्जाको सीमा बढाएको छ ।

अबदेखि आम्दानीको ७० प्रतिशतसम्म कर्जा पाइने भएको छ । यसअघि आम्दानीको ५० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो । तर सो कर्जा पाउनको लागि कर चुक्ताको प्रमाणपत्र हुनुपर्नेछ ।

घरजग्गा आवास संघका अध्यक्ष भेषराज लोहनीले केन्द्रीय बैंकले व्यक्तिको हकमा यो सुविधा दिएको तर घरजग्गा कारोबार गर्ने कम्पनीलाई सो राहत नदिएको बताए ।

घरजग्गा व्यवसायीले आम्दानीको ८० प्रतिशतसम्म ऋण पाउनुपर्ने माग गर्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर