हार्दिक आईभीएफको विशेष अफर- निःसन्तान दम्पतीलाई १ लाख ९९ हजारमै आईभीएफ सेवा – Nepal Press

हार्दिक आईभीएफको विशेष अफर- निःसन्तान दम्पतीलाई १ लाख ९९ हजारमै आईभीएफ सेवा

काठमाडौं । आईभीएफ एण्ड फर्टिलिटी सेन्टर प्रालिले उच्चस्तरीय सुविधासहितको, अन्तर्राष्ट्रिय स्तरको आईभीएफ केन्द्र सञ्चालनमा ल्याएको छ ।

सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा निःसन्तान, प्रसूति तथा स्त्रिरोगसम्बधी अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा सुलभ दरमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

नयाँ वर्ष २०८१ लाई लक्षित गरी साथै कम आय भएका बिरामीका लागि यही असार मसान्तसम्म १ लाख ९९ हजारमा आईभीएफ साथै ८ हजार ५ सयमा आईयूआई सेवा सञ्चालन गरिने प्रमुख सञ्चालक कैलाश खड्काले जानकारी दिए । उनका अनुसार ल्याब टेष्ट तथा वीर्यको जाँचमा २० प्रतिशत छुट पनि दिइने छ ।

हाल यस सेन्टरमा प्रजनन्, स्त्रीरोग तथा आईभीएफ विशेषज्ञ डा. अर्चना शाक्यसहित, वरिष्ठ इम्ब्रयोलोजिष्ट डा. आष्मा बानुलगायतको मेडिकल टीमले सेवा दिइरहेको छ । डा. शाक्य विगत १३ वर्षदेखी स्त्री, प्रजनन तथा निःसन्तानसम्बन्धी बिरामीको उपचारमा संलग्न छिन् । डा. बानु ६ वर्षदेखि इम्ब्रयोलोजिष्टको रूपमा सेवारत् छिन् । दुवैजनाले धेरै निःसन्तान दम्पतीलाई सन्तान सुखका लागि सफल भएका छन् ।

यस केन्द्रमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पतीहरूलाई परामर्श सेवासहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आईयू आई, आईभीएफलगायतका अन्य उपचार सेवा सुपथ मुल्यमा उपलब्ध रहेको सञ्चालक खड्काले जानकारी गराउँछन् ।

अन्तर्राष्ट्रिय स्तरको भ्रूण बनाउने ल्याब तथा मेसिन रहेको यस केन्द्रले पुरुषको वीर्य जाँचदेखि भविष्यका लागि भ्रुण सुरक्षित राख्ने, वीर्य फ्रिज गरी सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखी भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र वीर्य भण्डारण गर्न सक्ने व्यवस्था समेत गरेको जनाएको छ ।

केन्द्रले हालसम्म दर्जनौं दम्पतीलाई निःसन्तानसम्बन्धी सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर