पर्वतमा लुटपाट गर्न दम्पतीको हत्या, एक महिनापछि आराेपित २ जना सार्वजनिक – Nepal Press

पर्वतमा लुटपाट गर्न दम्पतीको हत्या, एक महिनापछि आराेपित २ जना सार्वजनिक

काठमाडौं । पर्वतमा झन्डै एक महिनाअघि भएको दम्पती हत्यामा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संलग्न रहेको आरोपमा पर्वतकै ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र ३२ वर्षीय दीपक दर्जी रहेका छन् ।

पर्वतको जलजला गाउँपालिका–२ दहमा गते चैत १९ गते ६९ वर्षीय सुर्यवहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६३ वर्षीया गमला घर्ती क्षेत्री हत्या भएको अवस्थामा आफ्नै घरमा भेटिएका थिए ।

पक्राउ परेका कृष्ण जलजला–२ नेपानेका हुन् भने पर्वतको कुश्मा–२ फुर्कोट स्थायी घर भएका दीपक कास्कीको पोखरा–८ नयाँ बजारमा बस्दै आएका थिए। लुटपाटको उदेश्यले दम्पत्तीको हत्या भएको सीआईबीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *